भोगेन्द्र लुइटेल ।

हेटौंडाः सामाजिक विषय शिक्षक संघ (सोस्टा) मकवानपुरको अध्यक्षमा भोगेन्द्र लुइटेल चयन हुनुभएको छ । लुइटेल हेटौंडा–१४, मयुरधापस्थित जनज्योति माविका प्रधानाध्यापक हुनुहुन्छ ।

शनिबार हेटौंडामा भएको दोस्रो अधिवेशनले लुइटेलको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बालकुमार श्रेष्ठ, उपाध्यक्षमा सम्झना अधिकारी, महासचिवमा चिरञ्जीवी घिमिरे, सचिवमा देवराज शर्मा र अर्थसचिवमा सन्दीप न्यौपाने चयन हुनुभएको छ ।

केशवराज सुवेदीको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । सोस्टा मकवानपुरमा ८५ जना सदस्य शिक्षक सदस्य छन् ।