हेटौंडाः ५८ औं राष्ट्रिय बालदिवसको अवसरमा सिविन बाल हेल्पलाइन हेटौंडाले छात्रवृत्ति तथा खाद्यान्न हस्तान्तरण, हाजिरीजवाफ प्रतियोगिता र अन्तरक्रिया गरेको छ । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बुधबार ५८ औं राष्ट्रिय बालदिवस मनाइएको छ ।
मकवानपुरका ६ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको बाल हेल्पलाइन हेटौंडाका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।हेटौंडा–१२ मा रहेको प्रतिभा आधारभूत विद्यालयका ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–३ की युनिसा मोक्तान, कक्षा–५ की राधिका बलामी, कक्षा– ७ की अनिता घलान, युकेश सुन्दास र अमिता स्याङ्तानलाई छात्रवृत्ति वितरण गरिएको सिविन बाल हेल्पलाइन हेटौंडाका अधिकारीले जानकारी दिएका छन् । हेटौंडा–१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालयमा अध्ययनरत् ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–५ का सुरज स्याङ्तान, कक्षा–६ की प्रत्युसा स्याङ्तान, कक्षा–७ की मनिता बुढाथोकी, कक्षा–८ का मुकेश खत्री, कक्षा–९ की अस्मिता बिडारीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
यसैगरी हेटौंडा–१२ मा रहेको बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत् ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–३ की एलिना थिङ, कक्षा–७ की अप्सरा घलान, कक्षा–८ की रश्मि उप्रेती र पूण्यवती बर्तौला, कक्षा–९ की निर्जला थिङ र विष्णुमाया भ्लोनलाई छात्रवृत्ति वितरण गरिएको छ । हेटौंडा–१५ मा रहेको वनदेवी आधारभूत विद्यालयका ६ जना विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–३ का मोहित मोक्तान, कक्षा–४ की एरिना वाईबा र शुभम् घले, कक्षा–७ का शुभोत दोङ र संगीता मिजारलाई छात्रवृत्ति वितरण गरेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामास्थित राष्ट्रिय माध्यमिक विद्यालयका एकजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–६ की सुशीला स्याङ्तानलाई छात्रवृत्ति वितरण गरिएको छ भने हेटौंडा–८ चन्द्रोेदय माध्यमिक विद्यालयमा अध्ययनरत् एकजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–११ म अध्ययनरत् अनिशा सुनारलाई भर्ना शुल्कका लागि ५ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । भने २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
४ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको पोशाक, कापी, कलम, इलेजर, ज्यामेट्री बक्सहरु वितरण गरेको ज्ञवालीले जानकारी दिनुभयो । भीमफेदी–९ का २ जना अभिभावकविहीन बालबालिकालाई सिविनले खाद्यान्न हस्तान्तरण गरेको छ । हजुरबुबाको संरक्षणमा बस्दै आएका अरुण थिङ र स्वस्तिका थिङलाई खाद्यान्न हस्तान्तरण गरिएको हो । २ बोरा चामल, नुन, तेल, दाल, चना, केराउ, नुहाउने साबुन गरी २ जनालाई ३÷३ हजार रुपैयाँको खाद्यान्न वितरण गरेकोे बताउनुभयो ।
मनहरी–२ र मनहरी–४ मा सरोकारवालासँग बालदिवसको सन्दर्भमा बालश्रम र बालविवाहबारे अन्तरक्रिया भएको छ । बालश्रम तथा बालविवाहमा कानुनी व्यवस्था, स्थानीय तहको भूमिका, समाजमा पारेका नकारात्मक प्रभाव र न्युनिकरणमा बालसमूह, व्यवसायी र संघसंस्थाको दायित्वका विषयमा छलफल भएको छ ।