तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसकी महामन्त्री महालक्ष्मी उपाध्याय डिना ।

हेटौंडाः मकवानपुरमा जनै तथा रक्षाबन्धन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी काठमाडौंको आयोजनामा आज मंगलबारदेखि तालिम सुरु भएको हो ।

तालिम आगामी असोज ३ गतेसम्म संचालन हुनेछ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी काठमाडौंका अध्यक्ष उदयमोहन श्रेष्ठको सभाध्यक्ष तथा नेपाली कांग्रेसकी महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।