हेटौंडाः नेपाल जुनियर रेडक्रस सर्कल सत्यम जेभियर्स माध्यमिक विद्यालयको आयोजनामा डेङ्गु रोग सचेतना कार्यक्रम गरेको छ । कक्षा—१० विद्यार्थी र शिक्षकहरुले उक्त रोग सम्बन्धी सचेतना जगाएका हुन् ।
हेटौंडाको चिल्डे«न पार्क, नेपाल चोक, गर्दोई चोक लगायत विभिन्न ठाउँमा सचेतना जगाएको अतिरिक्त क्रियाकलाप प्रमुख दिपेश लामिछानेले जानकारी दिनुभयो । मकवानपुरमा डेङ्गु रोगका बिरामी प्रतिदिन बढेसँगै विद्यालयले आइतबार सचेतना कार्यक्रम गरेको हो ।