गुगल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीमा एक किशोरीको शव फेला परेको छ । शव रौतहट जिल्ला घर भई हाल नयाँबस्ती बस्दै आएकी २२ वर्षीया मनिषा महत्तो रहेको प्रहरीले जनाएको छ ।

मनिषा ४ बर्षदेखि काका राम गोरख महत्तोको घरमा बस्दै आएकी थिइन् । उनी बिहीबारबाट घरमा सम्पर्कमा नआएको बुझिएको छ । उनको शव शनिबार काकाको घरबाट एक सय मिटर पश्चिमतर्फ भित्री सडकको छेउमा फेला परेको हो ।

मनिषाको शव फेला परेको खबर प्राप्त हुना साथ प्रहरी टोली खटी घटनास्थल सुरक्षित राखिएको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको टोली गई अनुसन्धान कार्य भइरहेको बताइएको छ । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।