पराजुलीलाई सम्मान गरिँदै ।

हेटौंडाः रामबाबु—ज्ञानु राष्ट्रिय समाज सेवा सम्मानबाट मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुली सम्मानित हुनुभएको छ । पराजुलीलाई १ लाख रुपैयाँ राशीसहित सम्मान गरिएको हो । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष काठमाडौंले सडक बालबालिका व्यवस्थापनमा सक्रिय भएको भन्दै पराजुलीलाई सम्मान गरेको हो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष काठमाडौंका अध्यक्ष ध्रुब नेपालको सभाध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रमका बीच पराजुलीलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलको विशिष्ट आतिथ्य तथा वरिष्ठ पत्रकार भैरव रिसालको आतिथ्य रहेको थियो ।