हेटौंडाः मानवसेवा आश्रमको वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार मुठ्ठीदानबाट ३२ हजार रुपैयाँ सहयोग संकलन भएको छ । ९० घरधुरीबाट ३२ हजार ६ सय ६० रुपैयाँ नगद र १६ बोरा चामल संकलन भएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।
मानवसेवा आश्रम स्थापनाको १० बर्ष पूरा भई ११ बर्ष प्रवेश गरेको अवसरमा साताव्यापाी कार्यक्रमको आयोजना गरिएको हो । यसैगरी मानवसेवा आश्रमले कुशें औंसी मनाएको छ । आश्रममा आश्रितहरुलाई सम्मान गरेर कुशे औंसी मनाएको हो । मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीको सभाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । आइतबार साताव्यापी कार्यक्रम अन्तर्गत भजनकीर्तन हुँदैछ ।