साङ्केतिक तस्विर

हेटौंडाः राप्ती खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–५ लट्टीनाथका १५ वर्षीय समर लामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो हेटौंडा–१ चौकीटोल स्थित राप्ती खोलामा दिदीसँगै पौडी खेल्न गएका लामाको मृत्यु भएको हो । खोलाले करिव ७–८ मिटर बगाएको अवस्थामा समरको शव फेला गरेको प्रहरीले जनाएको छ ।