माओवादी केन्द्र थाहा नगरको विस्तारित बैठकमा सहभागी अतिथिहरु ।

हेटौंडाः नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक सोमबार भएको छ । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको उपस्थितिमा भएको बैठकले थाहा नगर कमिटीको पदाधिकारी चयन गर्नुका साथै सदस्यमा १३ जनालाई मनोनित गरेको छ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएको दावी गर्नुहुँदै अबको निर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउनुपर्ने बताउनुभयो । देशको समग्र विकासका लागि माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुहुँदै मोक्तानले मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई विजयी गराउन एकजुट भएर लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

विस्तारित बैठकले नगर कमिटी पदाधिकारीको समेत चयन गरेको छ । जस अन्तर्गत उपाध्यक्षमा सुमन कार्की, प्रमोद गोपाली र नवराज बिष्ट, सचिबमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा मंगल बहादुर मोक्तान चयन भएका छन् । बैठकले मंगलाल गोपाली, राधिका रायमाझी, शिब कुमार खत्री, मोहन कृष्ण गोपाली, इमान सिं थिङ, रुपचन्द्र सापकोटा, अञ्जली बलामी, नरेश घलान, सानोभाई खड्का, राज कुमार केसी, रुपचन्द्र गोपाली, निरन्जन गोले र मदन गोपालीलाई नगर कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । थाहा नगरको शंकर होटलमा भएको बैठकमा अर्का केन्द्रीय सदस्य सन्तोष बिष्टले आगामी निर्वाचनमा केन्द्रित हुन र पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी, विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य लवशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, ज्योति रायमाझी, वीर बहादुर घलान, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी लगायतको आतिथ्य रहेको थियो ।

बैठकले नगर कमिटीमा अध्यक्ष लामाले पेश गर्नुभएको राजनैतिक आर्थिक प्रतिवेदन अनुमोदन गर्नुका साथै आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको बैठक गर्ने निर्णय गरेको नगरकमिटी सचिब लक्ष्मण बिष्टले बताउनुभयो ।