हेटौंडाः हेटौंडा—४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा १० का अभिभावकसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक र विद्यालयका शिक्षकबीच वर्षे विदाको समयमा सञ्चालन गरिएको १८ दिने कोचिङपश्चात् सिकाई उपलब्धीबारे समीक्षा गरिएको छ ।
विद्यालयको अभिभावक मोहन सदाशंकरको सभाध्यक्ष तथा विद्यालयका निमित्त प्रधानाध्यापक रामसागर गुरागाईंको प्रमुख आतिथ्यतामा छलफल तथा सिकाई उपलब्धीबारे समीक्षा गरिएको हो । छलफलमा अभिभावकहरुले शैक्षिक गुणस्तर वृद्वि गर्न शिक्षक, अभिभावक, विद्यालय र विद्यार्थीबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
विद्यालयले आइतबारदेखि पुनः सञ्चालन हुने अतिरिक्त कक्षाको बारेमा अभिभावकलाई जानकारी गराएको शिक्षक दीपक अधिकारीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर विकले शैक्षिक गुणस्तर वृद्वि गर्न आ–आफ्नो स्थानबाट सबै लाग्नुपर्ने बताउनुभयो ।










