हेटौंडाः मकवानपुरमा आज शुक्रबारबाट मतदाता नामावली संकलन स्थगित भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामीे मंसिर ४ गते गर्ने निर्णय गरेसँगै नामावली संकलन स्थगित गरेको छ । चुनावको तयारी सुरु भएकोले नामावली संकलन स्थगित भएकोे मकवानपुरका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताउनुभयो ।
पोखरेलको अनुसार नेपालको संविधान २०७३ को निर्वाचन ऐन ४ को उपधारा २ को प्रतिबन्ध्या बाक्य खण्ड २ मा उल्लेख छ । मकवानपुरमा असार महिनासम्म ६ हजार ७ सय ९२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो । आगामी निर्वाचनमा आयोगको निति अनुसार अगाडी बढ्ने पोखरेलले बताउनुभयो ।











