हेटौंडाः बिहीबार भीमफेदीमा रहेको बाल मन्दिरलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाचौं दिन उक्त मन्दिरलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक जेसी अनिल बस्यालले जानकारी दिनुभयो ।
ब्याडमिन्टन, भलिबल, फुटबल र कापीकलम जस्ता खेलकुद र शैक्षिक सामग्री सहयोग गरेका हुन् । मन्दिरमा आश्रय लिइरहेका करिब २७ जना बालबालिकालाई उक्त सामग्री सहयोग गरिएको हो । बाल मन्दिरका व्यवस्थापक अशोक सारु मगरलाई जेसिजका अध्यक्ष चिराग अग्रवालको सभाध्यक्षतामा सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा बसामाडी जेसीज २०२२ का सल्लाहकार एंव कांग्रेस युवा नेता सुनील दाहालको प्रमुख अतिथ्यता रहेको थियो ।
आइतबारबाट सुरु भएको जेसीज साताव्यापी कार्यक्रममा शुक्रबार महेन्द्र किरण मावि बसामाडीमा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम तथा होर्डिङ बोर्ड स्थापना गरिनेछ । शनिबार जेसिज साताप्यापी कार्यक्रम समापन हुनेछ ।











