हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज आईतबारबाट सुरु हुँदैछ । काठमाडौँको दशरथ रंगशालामा आईतबारबाट हुने प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका खेलाडीहरु शनिबार काठमाडौं पुगिसकेका छन् ।
प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका ८५ जना खेलाडी, कोचसहितको टोली शनिबार काठमाडौँ पुगिसकेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिनुभयो । प्रतियोगिता आईतबार र सोमबार गरी दुई दिन सञ्चालन हुनेछ ।











