हेटौंडाः हेटौंडा–१६, सिपालीचोकबाट सोमबार बिहान ३ बजे चोरी भएको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ बजेको समयमा बागमती–७, लामिटारबाट बा. प्र. ०२–०१७ प ८४२३ केटीएम ड्युक मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फापरबारीका इन्चार्ज कमल कुमार लुङ्गेलीका अनुसार मोटरसाइकल चोरी गरेर भाग्दै गरेका सर्लाहीका २५ वर्षीय कार्साङ मोक्तान र बारा जिल्ला पथलैयाका ३५ वर्षीय लाल बहादुर घिसिङलाई पक्राउ गरेको लुङ्गेलीले जानकारी दिनुभयो । मोटरसाइकलमा जीपीएस ट्र्याकिङ प्रणाली जडान गरिएकोले चोरी भएको मोटरसाइकल खोजी गर्न र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजना र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय फापबारीले जनाएको छ ।











