हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडास्थित प्रयोगशाला ।

हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा आजबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु गरिने भएको छ । आज दुईवटा नमूना परीक्षणको तयारी भइरहेको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।
कोरोनाको नमूना हेटौंडास्थित क्वारेन्टाइन या भरतपुरस्थित क्वारेन्टाइनमा संकलित नमूना परीक्षण गरिने उहाँको भनाइ थियो । यस्तै आवश्यकताअनुसार २ नम्बर प्रदेशका बारा, पर्सा, रौतहटबाट आउने नमूना पनि परीक्षण गर्न सकिने प्रवक्त सुवेदीले बताउनुभयो । संघीय सरकारले उपलब्ध गराएको उपकरणका साथै प्रदेश सरकारले पनि आवश्यक उपकरण खरिद गरी हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा प्रयोगशाला तयार पारिएको छ । प्रयोगशालामा एक पटकमा ६० वटासम्म नमूना परीक्षण गर्न सकिने र परीक्षणको रिपोर्ट ३ घण्टामा प्राप्त गर्न सकिनेछ । तर, प्राप्त रिपोर्टलाई विश्लेषण गरेर कोरोना परीक्षणको अन्तिम नतीजा आउन भने करिब एक दिन नै लाग्ने बताउनुभयो ।