हेटौंडाः मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला सर्वसम्मत चयन हुनुभएको छ । हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सिटौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरिएको छ ।
संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल र चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मनोज लामा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पौडेल, सिशम माझी, रजु घले र रञ्जन अमात्य चयन हुनुभएको छ । जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष विन्द्रलाल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सिटौलालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
संघका निवर्तमान अध्यक्ष विन्द्रलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेसनमा भलिबलका अन्तराष्ट्रिय निर्णायक गौतम लासिया, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा लगायतको आतिथ्य रहेको थियो ।