निगमले जारी गरेको विज्ञप्ति

हेटौंडाः नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागु भएको छ ।

अब प्रतिलिटर पेट्रोल १ सय ९९ रुपैयाँ र डिजेल मट्टितेल १ सय ९२ रुपैयाँ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।