द लेभेन्डर स्टुडियोको उद्घाटन गर्नुहुँदै कलाकार बिपना थापा । तस्वीरः आरजु सत्याल/समृद्ध समाज ।

हेटौंडाः हेटौंडा–४ मा द लेभेन्डर स्टुडियोको उद्घाटन भएको छ । कलाकार बिपना थापाले बिहीबार स्टुडियोको उद्घाटन गर्नु भएको हो ।

द ल्येभेन्डर स्टुडियोमा केटा र केटिका लुगा डिजाइन गरिन्छ । बुटिक कपडा पाइने स्टुडियोकी संचालिका प्रियंकाले जानकारी दिनुभयो । कलाकार बिपना थापाले प्रियंका अनुभवी र क्षमतावान डिजाइनर भएको बताउनुहुँदै सवैले सहयोग गरेर स्टुडियोको व्यवसाय बढाउन आग्रह गर्नुभयो ।