बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले स्थानीय तहको अनुदानमा वृद्धि गरेको छ । बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहमा हस्तान्तरण हुने समानीकरण, सशर्त र विशेष अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी बजेटमा स्थानीय तहको खर्चको अवस्था, मानव विकासको सुचांकको आधारमा आन्तरिक आय कम भएका स्थानीय तहलाई सशर्त र विशेष अनुदानमा प्राथमिकता छ । प्रदेशले १ सय १९ वटा स्थानीय तहलाई १ अर्ब ७५ करोड समानिकरण अनुदान विनियोजन गरेको मन्त्री जमकट्टेलले जानकारी दिनुभयो ।

यस्तै, प्रदेशले छनौंट गरि स्थानीय तह मार्फत् अगाडी बढाउने योजनाहका लागि सशर्त अनुदानमा २ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, २ अर्ब ८२ करोड ४० लाख समपुरक अनुदानमा छुट्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ४ अर्ब ८३ करोड रुपैयाँ स्थानीय तहलाई राजश्व फाँडफाँड हुने जनाएको छ ।