हेटौंडाः मकवानपुरको मनहरी गाउँपलिकामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
आज प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक आय व्यय बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले मनहरीमा नयाँ औद्योगिक क्षेत्र निर्माणको लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ । सिन्धुलीको हरिहर गढी र मकवानपुरको मनहरी गाउँपालिकामा नयाँ औद्योगिक क्षेत्र प्रारम्भ गर्न १३ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।