सांकेतिक तस्वीर ।

हेटौंडाः पथलैया–हेटौंडा सडकखण्डको हेटौंडा–९ मा शनिबार साँझ ७ बजेको समयमा एलपी ग्यास ढुवानी गर्ने बुलेट ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

पथलैयाबाट हेटौंडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको गाडीले सोही दिशामा गुडिरहेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ्ग र मोटरसाइकलमा सवार ईश्वर तामाङकी छोरी २६ वर्षीया अमिना तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बुलेट ट्याङकरले एउटा जीपलाई पनि ठक्कर दिएको छ । बुलेट ट्याङ्कर चालक मादक पदार्थ सेवक गरेको पाइएको स्थानीयले जनाएको छ । प्रहरीले बुलेट ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ ।