फाइल तस्वीर ।

हेटौंडाः कक्षा १२ को बार्षिक परीक्षा सोमबारबाट सुरु भएको छ । मंगलबार दोस्रो दिन अनिर्वाय नेपालीको परीक्षामा १ सय २५ जना अनुपस्थित भएका छन् । दोस्रो दिन मकवानपुरमा नियमित र ग्रडेवृद्धी दुबै तर्फ गरी ५ हजार ३ सय १ जना विद्यार्थीले परीक्षा दिएका छन् ।

मकवानपुर जिल्लामा ५ हजार ४ सय २६ जना फारम भरेका परीक्षार्थी मध्ये ५ हजार ३ सय १ जनाले परीक्षा दिएका छन् । २ हजार ६ सय ३० जना छात्र र २ हजार ६ सय ७१ जना छात्रासहित ५ हजार ३ सय १ जना परीक्षामा सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाले जनाएको छ । यस्तै पहिलो दिन सोमबार अंग्रेजी विषयको परीक्षामा मकवानपुरमा नियमित र ग्रडेवृद्धी दुबै तर्फ १ सय २४ जना विद्यार्थीहरु अनुपस्थित भएका थिए ।

मकवानपुर जिल्लामा ५ हजार ७ सय ९३ जना फारम भरेका परीक्षार्थी मध्ये ५ हजार ६ सय ६९ जनाले परीक्षा दिएका हुन् । २ हजार ७ सय ८१ जना छात्र र २ हजार ८ सय ८१ जना छात्रासहित ५ हजार ६ सय ६९ जना परीक्षामा सहभागी भएका थिए । मकवानपुर जिल्लामा १२ वटा परीक्षा केन्द्र तोकिएको छ । भोलि मंगलबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।