हेटौंडाः बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको १० औं बैठक जेठ १३ गतेका लागि आव्हान गर्नुभएको छ ।
शुक्रबार प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसअनुसार प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आव्हान गर्नुभएको हो । प्रदेश सभाको अन्तिम अधिवेशनको रुपमा रहेको दशौं अधिवेशनले प्राथमिकता आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट निर्माण गर्नु हुनेछ ।