राक्सिराङ गाउँपालिका–४ को अध्यक्ष निर्वाचित सञ्जय कोइरालासहित निर्वाचित वडा सदस्यहरु ।

हेटौंडाः राक्सीराङ गाउँपालिकाको मत गणना तीब्र रुपमा भईरहेको छ । हालसम्म गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना सकिएर मत परिणाम सार्वजनिक भएको छ भने बाँकी ७, ८ र ९ नम्बर वडाको मत गणना जारी रहेको छ ।

राक्सीराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ । बाबीराम ४ सय ६३ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँको प्रत्यासी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३ सय ७७ र नेकपा माओवादी केन्द्रका जोग मान थिङले ३ सय २१ मत प्राप्त गरेका थिए । राक्सीराङ वडा नम्बर १ को सदस्यहरुमा नेकपा एमालेका पूर्ण बहादुर मुक्तान(४८४), भीम बहादुर मुक्तान(४६५), महिला सदस्यमा आसमाया थिङ(४६६) र दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा(४७२) विजयी भएका छन् ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका बुद्ध राम मुक्तान ४ सय ७८ मतसहित विजयी हुनु भएको छ । अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका सीताराम प्रजाले ३ सय ६५ मत प्राप्त गरेका थिए । सदस्यमा नेपाली कांंग्रेसका प्रदिप मुक्तानले ४ सय ६७ र नेकपा एमालेका अर्जुन थिङले ३ सय ५९ मत सहित निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा माओवादी केन्द्रकी शारस थिङ(३९२), दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सुजिता दमाई(४३५) विजयी भएका छन् । यस्तै, वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका उत्तम वाईबा एक हजार ३२ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रत्सायी नेपाली कांग्रेसका प्रकाश रंगालीले ७ सय ५८ मत प्राप्त गरेका थिए । यस्तै, सदस्यहरुमा नेकपा एमालेका केदार सुवेदी(१०४३ र निर्मला दोङ(१०३७), महिला सदस्यमा नेकपा एमालेकी अनिता शाह(१०८३) र दलित महिला सदस्यमा एमालेकी गंगा विश्वकर्मा(१०७४) विजयी भएका छन् ।

यस्तै, राक्सीराङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका संजय काईराला ६ सय ९४ मतसहित विजयी हुनु भएको छ । अध्यक्षको प्रत्यासी नेकपा माओवादी केन्द्रका भीम लाल थिङले ६ सय ८३ मत प्राप्त गरेका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका मदन स्याङ्तान(६७८) र रामशरण मुक्तान(६७६), महिला सदस्यमा नेकपा एमालेकी सीता थिङ(६७२) निर्वाचित भएका छन् । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सजिना मुक्तान नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी, वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका हरि बहादुर प्रजा ४ सय ३ मतसहित निर्वाचित हुनु भएको छ । उहाँको प्रत्यासी माओवादी केन्द्रका चन्द्रमान प्रजाले ३ सय ८१, नेकपा एमालेका कमल प्रसाद मुक्तानले ३ सय ५७ मत प्राप्त गरेका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका विराज मान प्रजा(४४४) र विसन कुमार प्रजा(३३३), महिला सदस्यमा नेपाली कांग्रेसकी मिठु माया प्रजा(४४४) र दलित महिला सदस्यमा सुशिला सुनार(४५७) विजयी भएका छन् ।

त्यसैगरी वडा नम्बर ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका अकल बहादुर मोक्तान ३ सय ९५ मतसहित विजयी हुनु भएको छ । अध्यक्षका प्रत्यासीहरु नेकपा एमालेका सिंगलाल प्रजाले ३ सय ६६, नेपाली कांग्रेसका राजकुमार प्रजाले २ सय ११, नेकपा एकीकृत समाजवादीका कृष्ण लाल तामाङले १८ मत प्राप्त गरेका थिए । वडा सदस्यहरुमा माओवादी केन्द्रका तिलक बहादुर मुक्तान (३५९) र रावण प्रजा(३३७), महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी अनिसा प्रजा(३७८) र नेकपा एमालेकी विमला विक(३६१) निर्वाचित भएका छन् । राक्सीराङ गाउँपालिका वडा नम्बर ७, ८ र ९ को मत गणना जारी रहेको छ ।