तस्बिर गुगल

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चन विजयी भएका छन् । उनले ७ सय ३२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र प्रसाद लामिछानेले ४ सय ७५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार वीरबहादुर भूलोनले ४ सय २६ मत पाएका छन् ।

वडा सदस्यमा नेपाली कांग्रेसकै बुद्धलक्ष्मी सुनार (७१९), मंगलीमाया स्याङ्तान (६५६), एकबहादुर घले (६३०) र रमेश भोम्जन (७३५) विजयी भएका छन् । ९ नम्बर वडामा गाउँपालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज लामिछानेले १ हजार ७७ मत पाउँदा नेकपा एमालेकी सरला बोलखेले ४ सय २५ मत पाएकी छन् । उपाध्यक्षमा नेकपा माओवादीका भक्त खत्रीले ७ सय ७ मत पाउँदा नेकपा एमालेका लालबहादुर स्याङ्तानले ६ सय ८ मत पाएका छन् ।

यसअघि बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादीका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–८ मा नेकपा माओवादी केन्द्रका विष्णु नेगी, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् ।