हेटौंडाः स्थानिय तहको निर्वाचन अन्तर्गत मकवनापुरगढी गाउँपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ । मतगणनाको परिणाम अनुसार १ नम्बर वडामा नेपाली कांग्रेसका आईत सिङ लो, २ नम्बर वडाका नेपालि काङ्ग्रेसका बखान सिङ पाख्रिन, ७ नम्बर वडामा नेपालि कांग्रेसका सुर्य बहादुर रुम्बा र वडा नम्बर ८ मा कुमार सिङ विजय हुनु भएको हो ।

मतपरिणाम सार्वजनिक भएका ४ वटै वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । यस्तै अहिले वडा नम्बर ६ र ३ को मतगणना कार्य चल्दै छ । वडा नं ३ को ५ सय मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार भागवत घिमिरेले २ सय ५८ र नेकपा एसका उम्मेदवार अर्जुन दाहालले २ सय १६ मत पाएका छन् । वडा ६ को ११ सय मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार टिका दाहालले ५ सय २६ र नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बजगाईले ५ सय २१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका दोर्जे लामाले ४ हजार १ सय ४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार बिदुर हुमागाईले २ हजार ९ सय २३ मत पाएका छन् ।