१ नम्बर वडा अध्यक्षमा सविन न्यौपाने विजयी पश्चात् विजयी र्यालीमा सहभागी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपाने विजयी हुनु भएको छ । उहाँ १ हजार ४ सय ६७ मतसहित दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

अध्यक्षका प्रत्यासी नेकपा एमालेका उत्तम प्रसाद पौडेल १ हजार ३ सय ३० मत, राप्रपाका सुजन शाही ४ सय १४ मत प्राप्त गरेका छन् । सदस्यहरुमा नेकपा एमालेका रामकृष्ण अधिकारी १ हजार ३ सय ३ र सोनाम सिं ब्लोन १ हजार २ सय ३३ मतसहित विजयी भएका छन् । यस्तै, महिला सदस्यमा नेकपा एमालेकी मनु दाहालले १ हजार ३ सय ५२ र दलित महिला सदस्यमा नेकपा एमालेकी ईश्वरी विश्वकर्मा १ हजार ४ सय ६४ मतसहित विजयी भएका हुन् । हेटौंडा १ मा ३ हजार २ सय ८६ मत खसेको थियो ।

हेटौंडा १ को मत गणना सकिँदा मेयरमा राप्रपा अग्र स्थानमा देखिएको छ । वडा नम्बर १ मा राप्रपालाई ९९७ मत प्राप्त भएको छ । राप्रपालाई पछ्याउँदै गठबन्धनको नेकपा समाजवादीलाई ९ सय ७२, नेकपा एमालेलाई ८५६ मत प्राप्त भएको छ । यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसलाई १ हजार ४ सय १७, नेकपा एमालेलाई १ हजार १ सय ३३, राप्रपालाई ३ सय ७७ मत प्राप्त भएको छ ।