बृद्धाश्रमलाई सहयोग रकम हस्तान्तरण गर्दै ।

हेटौंडाः नेपाल निजामती कर्मचारी संगठनको ३२औं स्थापना दिवसको अवसरमा ओम बृद्धाश्रमलाई सहयोग गरिएको छ । संगठनले आश्रमको स्वास्थ्य उपचार कोषको लागि १० हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादवेन्द्र पौडेलले बुधबार ओम वृद्वाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई चेक हस्तान्तरण गर्नु भएको छ । आश्रममा अश्रित २५ जना बृद्वबृद्वाहरुको उपचारमा थप सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।