हेटौंडाः नेकपा एमालेले ८ नम्बर वडाको अध्यक्षमा बोलबहादुर कार्कीसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । कार्कीसँगै यशोदा उप्रेती र रमेशकुमार पौडेलको नाम अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको छ।
कार्की मकवानपुर बहुमुखी क्याम्पसको सहायक प्राध्यापक हुनुुहुन्छ । यस्तै, दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थलको सहसचिव र एनजिओ फेडेरेशन मकवानपुरको सचिव समेत रहनु भएको कार्की यूवा अभियानकर्मी हो । कार्की सिक्किम प्रोफेस्नल युनिभर्सिटीमा विद्यावारिधि अध्ययनरत हुनुहुन्छ । उहाँ नेकपा एमाले नगर कमिटी सचिव समेत हुनुहुन्छ । यस्तै, वडा अध्यक्षमा सिफारिस हुनु भएको यशोदा उप्रेति हाल वडा सदस्यको भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँ नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । अर्का अध्यक्षका दाबेदार रमेशकुमार पौडेल पूर्व निजामति कर्मचारी र नेकपा एमालेका पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।
८ नम्बर वडाको खुला सदस्यमा गोपाल बहादुर श्रेष्ठ र राजु मोक्तानलाई सर्वसम्मत उम्मेदवारीमा सिफारिस गरिएको छ । श्रेष्ठ वर्तमान अध्यक्ष समेत हुनुहुन्छ भने मोक्तान नयाँ अनुहार हो । यस्तै, महिला सदस्यमा मन्जु भुर्तेल, सुशीला मल्ल र सुमित्रा पाण्डेको नाम सिफारिस गर्ने निर्णय भएको छ। महिला खुला सदस्यमा सिफारिस भएका सबैजना नयाँ अनुहार हुन् । दलित महिला सदस्यमा ममता देउला र कल्पना बिकको नाम सिफारिस गरेको छ। कल्पना विक हाल वडा सदस्यको भूमिकामा हुनुहुन्छ भने ममता नयाँ अनुहार हो ।