हेटौंडाः हेटौंडा अस्पतालमा एक सातादेखि कोरोना उपचार गराउन बिरामीको संख्या शुन्य रहेको छ । स्वाब परिक्षणमा पाजेटिभ देखिएका कोरोना संक्रमणका बिरामीहरु घरमै होम आइसोलेशनमा उपचार गरिरहेका छन् ।
दैनिक गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट प्राप्त भएको स्वाब नमुनाहरु कोरोना परीक्षण गर्दा नेगेटिभ प्राप्त हुने गरेको सुचना व्यवस्थापक सहजकर्ता गजल श्रेष्ठले जाकारी दिनुभयो । फागुन महिनामा हेटौंडा अस्पतालमा ५ जना कोरोनाको विरामी उपचारत रहेको थियो । जसमा २३ बर्ष उमेरका एक जना र ६० देखि ९० बर्ष उमेर समुहका रहेका सहजकर्ता श्रेष्ठले जानकारी दिनुभयो ।
चैत महिनाको एक साता अगाडि एक जना कोरोनाको बिरामी उपचाररत रहेको उँहाले बताउनुभयो । कोरोनाको संक्रमण घटे पनि गर्मी महिनामा सरुवा रोगको बढी मात्रामा संक्रमण हुने भएकोले हेटौंडा अस्पतालमा उपचार गराउन आउनेको संख्या भने बढेको छ ।