प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याउने, बीमाको प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजस्व सम्बन्धमा केही बुँदाहरु संशोधनको मागसहित निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।


संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको थियो ।