लागूऔषधसहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गर्दै ।

हेटौंडाः मकवानपुर प्रहरीले दुइ फरक स्थानबाट लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । दुवै स्थानमा गरेर २ सय ६५ केजी ८ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोल अगाडि सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा त्रिभुवन राजपथअन्तर्गत भैसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको योद्धा पिकअप गाडिबाट १ सय ६५ केजी ८ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले सवारी चालक हेटौंडा–१३ पदमपोखरीका २८ बर्षीय अरबिन्द नेपालीलाई पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गर्दै ।

यस्तै सोमबार बिहान २ बजेर ४५ मिनेट जाँदा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी–६, लोथर खोला हुँदै खयरघारीबाट लागूऔषध एक सय केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धादिङ जिल्लाको रोराङ्ग गाउँपालिका–२ बस्ने ३० बर्षीय मानबहादुर चेपाङ्ग, ३९ बर्षीय सन्त बहादुर चेपाङ्ग, मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३ का ५३ बर्षीय बुद्धिबहादुर थिङ्ग र चितवन जिल्लाको राप्ती नगरपालिका–११ का ५५ बर्षीय सञ्चबहादुर थिङ्गलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।