मकवानपुरको एफसी विजय युथ टिम ।

हेटौंडाः छिमेकी जिल्ला बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जारी जीतपुर–सिमरा गोल्डकपमा मकवानपुरको विजय युथ क्लब पराजित भएको छ । शनिबार ‘ए’ डिभिजन क्लब एनआरटीसँग ३–१ गोलअन्तरले विजय युथ पराजित भएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा विजय युथविरुद्ध थप २ गोल गर्दै एनआरटी ३–१ गोलअन्तरले विजयी भएको हो ।