नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन हेटौँडा क्याम्पस एकाइ समितिको नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडाः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन हेटौँडा क्याम्पस एकाइ समितिको अधिवेशन शनिबार सम्पन्न भएको छ । हेटौँडा क्याम्पसका ज्येष्ठ प्राध्यापक शरद श्रेष्ठको सभाध्यक्षतामा भएको अधिवेशनमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश सदस्य भोजराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

अधिवेशनबाट हेटौँडा क्याम्पस एकाइ समितिको अध्यक्षमा मनोज पोखरेल निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा विद्या दाहाल, सचिवमा उमेश पुरी, उपसचिवमा श्याम पराजुली, कोषाध्यक्षमा सुवास खड्का निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा शरद श्रेष्ठ, कपिल पराजुली, निरञ्जन सिग्देल र दिपेश लामिछाने निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो ।