तस्बिर google.com ।

हेटौंडाः मकवानपुर प्रहरीले मनहरीबाट लागुऔषध अफिम ५ किलो र एक लाख रुपैयाँ बरामत गरेको छ । गएराति इलाका प्रहरी कार्यालय मनहरीबाट विशेष सुचनाकोे आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोेटरसाइकलबाट लागुऔषध अफिम र नगद बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोे छ । घटनाबारे थप अनुन्धान भर्इरहेकोे प्रहरीको भनाई छ ।