हेटौंडाः हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज ४ जनाले स्वाब संकलन गराएका छन् । कोरोनाको परिक्षण गराउन उनीहरुले स्वाव संकलन गराएका हुन् ।
आज ४ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभएको छ ।