जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अफिम खेति नष्ट गर्दै ।

हेटौंडाः मकवानपुरको विभिन्न स्थानमा प्रहरीले ३५ बिगाह क्षेत्रफलमा लगाइएको लागुऔषध अफिम खेती फँडानी गरी नष्ट गरिएको छ । सोमबारदेखी भोलि बुधबारसम्म गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी टोलीले अफिम खेति फडानी गरेको गरेको हो ।

प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले आज मंगलबार राक्सिराङ–४ अन्तर्गत चौकिटार, मादल सिंह, कैलाश–४ अन्तर्गत बिलौनी, कैलाश–७ अन्तर्गत बिलासी, ताम्लाङ र कैलाश–८ अन्तर्गत रुपलाङ, डुडलुङलगायतको वडा क्षेत्रमा ३५ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।