हेटौंडाः एफसी कमलडाँडा प्रथम ८ ‘ए’ साईड खुल्ला फूटबल प्रतियोगिता हेटौंडामा शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा हेटौंडा फूटबल एकेडेमी (निलो) र ओमनगर जागरण क्लबले विजयी सुरुवात गरेको छ ।

हेटौंडा–४, हुप्राचौरमा भएको उद्घाटन खेलमा हेटौंडा फूटबल एकेडेमी (निलो) विजयी भएको छ । हेटौंडा फूटबल एकेडेमी (निलो) ले मर्निङ स्टारलाई ३–० गोलअन्तरले पराजित गरेको हो । खेलमा हेटौंडा फूटबल एकेडेमी (निलो) का भिम लामा, उमेश सन्जेल र साजन जिम्बाले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हेटौंडा फूटबल एकेडेमी (निलो) का श्री लामा म्यान अफ द म्याच घोषित भएका छन् ।

यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा ओमनगर जागरण क्लब विजयी भएको छ । ओमनगर जागरण क्लबले राप्ती रिभर युथ क्लब मनहरीलाई १–० गोलअन्तरले पराजित गरेको हो । ओमनगर जागरण क्लबका अभिषेक लामाले १ गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका ओमनगर जागरण क्लबका अभिषेक लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा कुल २४ टोलीहरुको सहभागिता रहेको छ ।

विजेताले उपाधिसहित ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार पाउने खेल संयोजक सुनिल लोप्चनले बताउनु भएको छ । आज शनिबार ४ खेल हुने खेल संयोजक सुनिल लोप्चनले बताउनु भएको छ ।