फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा मंगलबार ३ जनाले स्वाब संकलन गराएका छन् । स्वाब संकलन गराउने सवैजना पुरुष रहेको हेटांैडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

सार्वजनिक बिदा र शिवरात्री भएकाले कम व्यक्तिले स्वाब संकलन गराएका निरीक्षक चौलागाईले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा हरेक दिन बिहान कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको छ । संकलित स्वाब नमूना हेटौंडा अस्पतालस्थित पिसिआर ल्यावमा कोभिड–१९ परीक्षणका लागि पठाइन्छ ।