
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा २० वर्षभन्दा मुनिका २१ जना आमा बन्नुभएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुन ९ गतेसम्म २१ जना आमा बन्नुभएको थाहानगर स्वाथ्य शाखाका आहेव सन्तोष केसीले जानकारी दिनुभयो ।
थाहानगर स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा प्रसुति सेवा लिएका १ सय ९२ जनामध्ये १ सय ७१ जना २० वर्षभन्दा माथिका रहेको उहाँले बताउनुभयो । बालविवाहकै कारण २० वर्ष नपुग्दै बालबालिका अभिभावक बनेको उहाँको भनाइ छ ।
बालबालिकाको अभिभावक नै सचेत बन्न नसक्दा सानै उमेरमा बालबालिकाले अभिभावकको जिम्मेवारी निभाउन बाध्य रहेका छन् । दुर्गमा क्षेत्रमा जनचेतना र शिक्षाको कमीका कारण बालविवाह भइरहेको केसीले दावी गर्नुभयो ।