हेटौंडाः मकवानपुरमा बिहीबार ४ जनामा कारोना भाईरसको संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा २ जनामा र २१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

हाल जिल्लामा ३३ जना संक्रिय संक्रमितको संख्या रहेको छ । संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा ३३ जना उपचारत रहेकको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।