हेटौंडाः मकवानपुरको इन्द्रसरोवर–२ सुकौरास्थित कुलेखानी–फाखेल–काठमाण्डौ सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षीय दोर्जे लामा रहेको छ ।
सोमबार राति १० बजेर ३० मिनेटको समयमा काठमाण्डौंबाट कंलकी तर्फ आउँदै गरेको बा ५७ प ८५७० मोटसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट अन्दाजी ४ सय फिट तल झरेको उहाँले बताउनुभयो ।