हेटौंडाः कर्मचारी मिलन केन्द्र मकवानपुरको अध्यक्षमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा चयन हुनुभएको छ । बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।
सापकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ । साधारणसभाबाट उपाध्यक्षमा राजेन्द्र लामिछाने र ललिता पाण्डे, सचिवमा दिनानाथ गौतम, कोषाध्यक्षमा रमेश अर्याल चयन हुनुभएको छ । चयन भएका नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुने कर्मचारी मिलन केन्द्र मकवानपुरका निवर्तमान अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।