हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले वेवारिसे अवस्थामा उद्दार गरिएको एक जनाको पारिवारिक पुनर्मिलन गरेको छ । संघीय राजधानी काठमाडौंको बानेश्वर घर भएका चेतबहादुर देउलालाई पारिवारिक पुनर्मिलन गरिएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।
करिब ३ महिनादेखि सडकमा वेवारिसे जीवन बिताइरहेका देउलालाई बुधबारमात्र मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट उद्दार गरिएको थियो । उद्दार गरिएको ५ घण्टापछि ७८ वर्षीय देउलालाई पारिवारिक पुनर्मिलन गरिएको पौडेलले बताउनुभयो । बुधबार नै नेपाली सेनामा जागिरे रहेका भान्जा कृष्ण देउलालाई चेतको जिम्मा लगाएको उहा“ले जानकारी दिनुभयो ।