हेटौंडाः मकवानपुरमा आज मंगलबार थप ५ जनामा कारोना भाईरस संक्रमण पुष्टि भएकोे छ ।
२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जना र २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हाल संस्थागत आइसोलेसनमा २ जना र होम आइसोलेसनमा ६७ जना उपचारत रहेका छन् । विगत २४ घण्टाको अवधिमा जिल्लामा सक्रिय सक्रमितको संख्या ६९ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।