हेटौंडाः हेटौंडा–८, कमानेकी कृतिका आचार्यले आफ्नो जन्मदिनको अवसरमा हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई एकछाक खाना खुवाउनुभएको छ । जन्मदिनको अवसरमा कृतिकाको परिवार नै दिव्यसेवा पुगेर सोमबार साँझको खाना खुवाउनुभएको हो ।
यस्तै हेटौंडा बजार लायन्स क्लबले दिव्यसेवा निकेतनमा आश्रित २७ जना ज्येष्ठ नागरिक र उनीहरुको सेवामा खटिने ४ जना सेवकलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रम हेटौंडा बजार लायन्स क्लबका प्रथम उपाध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रिक्ट डेप्युटी चिफ माधव बहादुर पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो । दिव्यसेवा निकेतनका लागि सहयोग गर्ने संस्था र व्यक्तिप्रति आभार व्यक्त गर्नुहुँदै दिव्यसेवा निकेतनका अध्यक्ष टीआर निरौलाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।