प्रयोगशालाको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१६, हटियामा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

करिब ५ लाख बजेटमा प्रयोगशाला स्थापना गरिएको हेटौंडा उपमहानगरपालिकाका कृषि प्राविधिक रविन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । यसअघि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।