हेटौंडाः हेटौंडामा आईतबार एमसीसी सम्झौताविरुद्ध नेकपा एकीकृत समाजवादी पार्टीले विरोेध प्रदर्शन गरेको छ । नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुुरमा आवद्ध विभिन्न मोेर्चा संगठनहरुकोे समेत सहभागितामा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

हेटौंडा–४, सितलमहलचोकबाट सुरु भई पारिजातपथ, कान्तिराजपथ, बुद्धचोक हुँँदै सीमाचोेकमा कोण सभामा परिणत विरोध सभालाई सम्बोधन गर्नुहुँदै युवा संघ नेपालका स्थायी कमिटी सदस्य कविन पन्तले एमसीसी राष्ट्रघाती भएको बताउनुभयो । अहिलेको सरकारले एमसीसी पास गर्नतर्फ लागेको उहाँले आरोप लगाउनुभयो ।

एमसीसी यदि पास भएमा यहाँ अमेरिकाको शासन हुने भन्दै उहाँले सबैजना एमसीसी विरुद्धमा सडकमा ओर्लनुपर्ने बताउनुभयो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’, ‘सहयोगको नाममा दासत्व स्वीकार्य छैन’ जस्ता नारा लगाएका थिए ।