सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार सात (७) जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ४ जनामा र १३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९ जना र थाहानगरपालिकाका ३ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा अहिले ८५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ८३ जना र संस्थागत आइसोलेसनमा २ जना उपचाररत छन् ।