हाल छिमेकी देश भारतमा बस्दै आउनुभएकी मकवानपुरका रेणु लामा ।

हेटौंडाः विपन्न परिवारलाई हाल छिमेकी देश भारतमा बस्दै आउनुभएकी मकवानपुरका रेणु लामाले खाद्यान्न सहयोग गरेको छ । हेटौंडा—११ स्थित मागेरै जीविकोपार्जन गरिरहेका बालबालिकाको परिवारलाई सहयोग गरेको हो ।

हाल छिमेकी देशमा वैदेशिक रोजगारको शिलशिलमा रहनुभएकी रेणुले विपन्न परिवारलाई ६ हजार ५ सय रुपैयाँको खाद्यान्न सहयोग गर्नुभएको छ । १ बोरा चामल, नुन २ प्याकेट, ६ वटा लुगा धुने साबुन, २ किलो मुसुरोको दाल, २ किलो चिउरा सहयोग गरेको छ । यसैगरी ४ मिटरको ओछ्याउने म्याट, २ लिटर खाने तेल, वाइवाइ चाउचाउ १ कार्टुन र मुरी भुजा दुई केजी, पाँच वटा ब्रस र एक वटा मञ्जन, दुई किलो आलु, दुई प्याकेट नुन सहयोग गरिएको हो । समृद्व समाज राष्ट्रिय दैनिककी संवाददाता अञ्जना तामाङ र जमुना थिङले बिहीबार घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।